नियम ५४
कार्ययोजना विपरीत गर्नेलाई हुने सजाय
संरक्षण सामुदायिक वनमा कसैले कार्ययोजना विपरीत कुनै काम गरेमा निजलाई सम्बन्धित समितिले कार्ययोजनामा उल्लेख भएबमोजिम कारवाही गर्न सक्नेछ । कार्ययोजना विपरीत कार्य गरी कुनै हानी नोक्सानी गरेको पाइएमा त्यस्तो हानी नोक्सानीको विगो कायम गरी प्रचलित कानून बमोजिम असुलउपर गर्नु पर्नेछ ।